लौन कहिलेकाहीँ देशका गजल लेखौँ।
लोपोन्मुख मातृ भेषका गजल लेखौँ।
प्रेमिकाको कपाल बखान् भयो धेरै
पूज्य यो भूमिको केशका गजल लेखौँ।
गर्यौँ, गर्छौँ, गर्नेछौँ धनको जोड् घटाउ
भाग गर्दा बाँकी शेषका गजल लेखौँ।
उत्पादनमा रहर छैन; आयातमा भर
जेमा छ देशभक्ति तेस्का गजल लेखौँ।
चर्चा पाउँछन् यहाँ गुड्ने, उड्ने कुरा
खाली खुट्टा हिँडाइ,ठेंस्का गजल लेखौँ।
कोभिड महामारी,बाँझा खेतबारी
तयारीको परिवेशका गजल लेखौँ।







