काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ९ सयले बढेर तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदी तोलामा १३ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।