२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिक्री बेचेर पुल हेर्न सय किमी यात्रा

अ+ अ-

गलकोट । मानिसको सोच, इच्छा पनि अनेक हुन्छ। र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ। त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर।

तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरू हराएको खबर भाइरल भयो।

निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल नर्सिङकोट घुम्न निस्केका आठ जनामध्ये चार जना साँझ घरमा फर्के। १७ वर्षीया अस्मिता सुनार, १५ वर्षीय रामप्रसाद सुनार, १६ वर्षीय श्यामु शिर्पाली र १५ वर्षीया सम्झना सिर्पाली भने सम्पर्क विहिन भए।

परिवारले खोजी गर्न झिवाखोला प्रहरीमा निवेदनसमेत दियो। हराएको भनिएको पाँच दिन पछि बागलुङ बजारबाट ती किशोर किशोरी फेला परे। यद्यपी, उनीहरू हराएको नभई विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल हेर्नका लागि बागलुङ आएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार नर्सिङकोट घुम्न गएका आठमध्ये चार जना बागलुङका लागि निसीखोलाबाट हिँडेर बुर्तिवाङ आएका थिए।

बुर्तिवाङको सून पसलमा सोही दिन तीन किशोरीमध्ये दुई किशोरीले आफूले लगाएको चाँदीको सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको रेग्मीको भनाइ छ।

‘घाँटीमा लगाएको दुई वटा सिक्री बेचेर ट्याक्सी चढेर बागलुङ आएको पाइयो’ रेग्मीले भने ‘बागलुङ बजारको चिप्लेटी बसपार्कमा बास बसेका उनीहरूले लामो पुल अवलोकनसमेत गरेका रहेछन्।’

कालिका मन्दिरसमेत घुम्न गएका उनीहरूलाई प्रहरीले फर्काएको थियो।

पैसा र बासको अभावमा घर फर्कन नसकेका उनीहरूलाई प्रहरीले भदौ १० गते बागलुङ बजारमा फेला पारेको थियो।

बागलुङ बजारमा निषेधाज्ञा भएका कारण घर फर्कन समस्या भएका कारण परिवारको सम्पर्कमा नआएको हुनसक्ने परिवारका सदस्य बताउँछन्।

घरबाट घुम्न भनेर निस्केका चारै जना सम्र्पक बिहिन भएपछि चिन्तामा रहेको र घुम्ने क्रममै भेटिएको खबरले खुसी दिलाएको श्यामु सिर्पालीका बुबा कोकबहादुर विकले बताए।

‘हामी त तनावमा थियौं, कसैले अपहरण, केही ग¥यो कि भनेर डराएका पनि थियौं,’ विकले भने, ‘रामप्रसाद सुनार, अस्मिता सुनारले घरबाट एक हजार र श्यामु सिर्पालीले ६०० बोकेर निस्केका रहेछन्।’

सिर्पालीका बुबाका अनुसार बागलुङ बजारमा प्रहरीले फेला पारेर बुर्तिवाङ लगेर परिवारको जिम्मामा लगाइदिएको छ।

उनीहरुले दुई वटा चाँदीको सिक्री बुर्तिवाङ बजारमा तीन हजार रूपैयाँमा बिक्री गरी ट्याक्सी चढेर लामो पुल हेर्न बागलुङ बजार १० किमी पैदल र ९० किलोमिटर सवारी यात्रा गरी बागलुङ बजार आएका थिए।

सामाजिक सञ्जालमा निकै चर्चा कमाएको रामरेखा अदुवाबारी पुलका विषयमा उनीहरूले जानकारी पाए पछि परिवारलाई खबर नगरी बागलुङ बजारमा आएका थिए। खेमराज गौतम(रासस)

प्रतिक्रिया दिनुहोस