२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटमा थप सात दिन निषेधाज्ञा

अ+ अ-

काठमाडौं । कोभिड-१९ सङ्क्रमण समुदायस्तरमा फैलिएसंँगै भाइरसको नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज फेरि थप सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

आज बसेको बैठकले जिल्लाको जोखिम देखिएका स्थान र विभिन्न नगरपालिका र गाउँपालिकाकामा कोभिड–१९ सङ्क्रमण समुदाय र बस्तीमा फैलिएपछि नागरिकको सुरक्षा र भाइरस नियन्त्रण गर्ने उद्देश्यका साथ आज १२ बजेदेखि राति थप निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो । प्रजिअ ढकालले लिखु गाउँपालिका-४, ५ र ६, तादी गाउँपालिका-३ र ५ , बेलकोटगढी नगरपालिका-५, ७, ८, १२ र १३ , ककनी गाउँपालिका–१, २, ४ र ६, शिवपुरी गाउँपालिका-६, ७ र ८ तथा तारकेश्वर गाउँपालिका-२, ४ र ५ का सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताए ।

जिल्लाका अन्य भूभाग र विदुर नगरपालिकामा भने निषेधाज्ञा जारी नगरिए पनि तोकिएअनुसारका नियम पालन गर्नुपर्ने जनाइएको छ । नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण यात्रुवाहक सार्वजनिक यातायात र निजी सवारी साधनमा रोक लगाइनाका साथै मानिसको भीडभाड र जमघट हुन नदिई अत्यावश्यक सेवा मात्र सञ्चालन गरिने बताए । उनका अनुसार अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दूध र दुग्धजन्य वस्तु, फलफूल तथा माछामासुका पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ४देखि ७ बजेसम्म मात्र सञ्चालन गरिने छ ।

जिल्लाका औषधि पसल, स्वास्थ्य संस्था तथा एम्बुलेन्स सेवा २४ सै घण्टा र कपडा तथा फेन्सी पसल बिहान ११ देखि अपराह्न ३ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिए । बैंक तथा वित्तीय संस्था र सहकारी संस्था भने बिहान ११ देखि अपराह्न २ बजेसम्म मात्र सञ्चालन गर्न पाइन्छ । उद्योग, कलकारखाना तथा विकासनिर्माणका काम स्थानीयस्तरमा उपलब्ध सीमित सङ्ख्यामा कामदार परिचालन गरी सञ्चालन गर्न सकिने छ ।

बैठकले जिल्लाका होटेल तथा रेष्टुरेण्ट, चियापसल, खाजापसल, मठमन्दिर, गुम्बा र खेलकूद, जिमखाना, ब्युटिपार्लर र शैलुनलगायत सञ्चालन गर्न नपाउने पनि निर्णय गरेको जिप्रकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस