१
भकारीमा धान छैन
त्यसैले मन ठेगान छैन
कस्ले सुन्ने प्रजाका कुरा
त्यस्तो कुनै कान छैन
२
अनौठा खेलहरु पनि खेल्नै पर्ने जिन्दगीका
जस्ता सुकै पीडा पनि झेल्नै पर्ने जिन्दगीका
जस्तो लेखिन् भाविनीले जन्मदा नै ललाटमा
सोही बाटोमा सबै यात्रा ठेल्नै पर्ने जिन्दगीका