स्वास्थ्यकर्मीलाई क्वाटर छाड्न नगरपालिकाको पत्र « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्यकर्मीलाई क्वाटर छाड्न नगरपालिकाको पत्र


४ भाद्र २०७७, बिहिबार


काठमाडौँ । दक्षिणकाली नगरपालिकाले कोरोना भाइरस(कोभिड-१९) को महामारीको समयमा स्वास्थ्यकर्मीहरूलाइ सात दिनभित्र स्वास्थ्य केन्द्रको आवास खाली गर्न निर्देशन दिएको छ ।

आइसोलेसन कक्ष बनाउन भन्दै नगरपालिकाले चाल्न खेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरू बस्दै आएको भवन सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

नगरपालिकाले लामो समयदेखि बस्दै आएका चार जना स्वास्थ्यकर्मीलाई भने क्वाटर खाली गर्न भनेको हो ।

नगरपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको साउन ३२ गतेको बैठकले स्वास्थ्य केन्द्रको क्वाटरमा बस्दै आएका एक जना हेल्थ असिस्टेन्ट, दुई जना अनमी र एक जना सिनियर अहेवलाई क्वाटर खाली गर्न निर्देशन दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस