वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

३१ श्रावण २०७७, शनिबार


वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा शनिबार बिहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिकाको अठराहा सुगौलीका ४५ वर्षीया पुरुषको शनिबार बिहान ७ बजे तिर मृत्यु भएको थियो।

मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो।

प्रयोशगशालाबाट शनिबार दिउँसो २ बजे प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या आएपछि परिवारले उनलाई बिहान नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस