२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले मोदीसँग व्यक्त गरे अर्थपूर्ण द्विपक्षीय सहकार्यको इच्छा, छलफल गर्न मोदी सहमत

अ+ अ-

काठमाडौँ । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीसँग आज अपराह्न टेलिफोनमा कुराकानी गरेको र उनीहरु भविष्यमा द्विपक्षीय विषयका छलफललाई निरन्तरता दिन सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले गत चैत २८ गते प्रधानमन्त्री मोदीसँग भएको कुराकानीको स्मरण गर्दै भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा उनलाई बधाई एवं शुभकामना व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट प्रधानमन्त्री मोदी र उनीमार्फत भारत सरकार र जनतामा स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले भारतका जनताको निरन्तर प्रगति र समृद्धिको शुभेच्छा पनि प्रकट गरे । ‘स्वतन्त्रता दिवसका अवसरमा आज गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले छिमेकलाई नवीकृतरुपमा प्राथमिकतामा राखिएको बताएकामा प्रधानमन्त्री ओलीले सराहना गरे’, मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपालका प्रधानमन्त्रीले अर्थपूर्ण द्विपक्षीय सहयोगको अपेक्षा गरे ।’

कुराकानीका क्रममा दुवै देशका प्रधानमन्त्रीले कोभिड–१९ विरुद्ध गरिएका पछिल्ला प्रयासबारे विचार आदानप्रदान गर्नाका साथै महाव्याधिका क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन्। महामारीबाट नेपाली जनतालाई जोगाउन तथा त्यसविरुद्ध नेपाल सरकारका प्रयासबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप चाँडोभन्दा चाँडो विकास हुनुपर्नेतामा जोड दिए । उनले भारतसहित विश्वका वैज्ञानिक त्यस्तो खोप विकास गर्न सफल हुने र त्यसले रोगको रोकथाम र फैलावट नियन्त्रणमा योगदान गर्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत निर्वाचित भएकामा प्रधानमन्त्री मोदीलाई बधाई ज्ञापन गर्दै उक्त निकायको महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न भारतलाई सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरे ।