काठमाडौं । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् । उनलाई सोमबार कोरोना पोजेटिभ देखिएको थियो ।
विराटनगर महानगरपालिका स्थायी घर भएका उनको बेलुका ४ बजे मृत्यु भएको कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा। दीपक सिग्देलले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि सोमबार कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । मृतक मधुमेह र दमका रोगी थिए ।







