काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस