काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ । अवैध रुपमा भित्र्याइएको सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर मानिस भागेका छन् । सुन भए नभएको परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।
यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।