६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा आठ स्वास्थ्यकर्मी सहित १९ जना कोरोना सङ्क्रमित थपिए

अ+ अ-

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ८ स्वास्थ्यकर्मी सहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालामा गरिएको परीक्षणमा आईतबार राती अबेर आएको रिर्पोटमा वीरगञ्ज स्थित गण्डक कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका एक वृद्ध , ८ स्वास्थ्यकर्मी सहित पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. उदयनारायण सिंहले जानकारी दिए ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षिय कर्मचारी , गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत ३४ वर्षिय कर्मचारी , एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका २३ तथा २८ वर्षिय महिला स्वास्थ्यकर्मी र ३७,४२,४५ वर्षिय पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

अन्य नयाँ फेला परेका संक्रमितहरुमा वीरगञ्ज-६ माईस्थान २ नं रोडका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिका त्यस्तैगरी वीरगञ्ज-१४ का ३० वर्षीय, गण्डकका ३२ वर्षीय, वीरगञ्ज-११ श्रीपुरका ४५ वर्षीय, वीरगञ्ज-२ छपकैयाँका २५ वर्षीय र सखुवाप्रसौनी गाउँपालिका-२ श्रीपुर पचगावाँका ४० वर्षीय पुरुष रहेका छन् । वीरगञ्ज-६ रेशमकोठीका ३२ वर्षीय पुरुष त्यस्तैगरी पर्साको पर्सागढी नगरपालिकास्थित बढनिहार क्वारेन्टिनमा रहेका पाँच जना स्वास्थ्यकर्मी , पर्सागढी-३ का ३५ वर्षीयसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको छ । वीरगञ्ज स्थित नारायणी अस्पताल अन्तर्गतको अस्थायी कोरोना विशेष अस्पताल गण्डक आइसोलेसनमा १० महिलासहित ५४ जना उपचाररत र अधिकांशमा कोरोना संक्रमणका लक्षण समेत रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस