६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोका कारण ठूला मालबाहक गाडी अलपत्र

अ+ अ-

गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् । एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् ।

गत मङ्गलबार बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरो बिहीबार साँझ मात्रै एकतर्फ खुलेको थियो । एकतर्फी खुलाइएको सडकमा साना सवारी जीप, कार सञ्चालनमा आए पनि खाद्यान्न सामग्री ल्याएका एवं ढुङ्गा, सिमेन्ट, रडलगायतका सामान बोक्ने ट्रक आठ दिनयता बोक्से छेउछाउमै रोकिएका छन् ।

मालबाहक ट्रकसहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि आठ दिनदेखि ट्रकको बास भएको बताए । “भएको पैसा खाएर सकियो, यतिका दिन भइसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दासमेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन ।” उनले भने “लोकमार्गले ठूला सवारी साधनलाई अलपत्रै बनाएको छ ।”

लोकमा पहिरो ठूलो भएको र दुईतर्फी सञ्चालनमा ल्याउँदा पुनः सडक अवरुद्ध हुने भएकाले एकतर्फीमात्रै सडक पुनः सञ्चालन भएको मध्यपहाडी पुष्पलाल लोकमार्गका प्राविधिक उज्जल शर्माले जानकारी दिए । साना सवारीका लागि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैकल्पिक सडक पुनः सञ्चालन गर्न थाले पनि ठूला सवारी साधन बाटोमै अलपत्र पर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाले समेत सडक दुईतर्फी पुनः सञ्चालनका लागि ध्यान नदिँदा यात्रु तथा चालक रुष्ट बनेका छन् । स्थानीयवासीले बस्ती जोखिममा पर्ने भन्दै माटो फाल्न नदिँदा पनि सडक सञ्चालनमा आउन नसकेको बताएका छन् । लोकमार्ग सडकभन्दा तल मानव बस्ती रहेकाले माटो फाल्दा बस्ती नै जोखिममा पर्ने भएकाले लोकमार्गको माटो अन्यत्र फाल्नका लागि आग्रह गरिएको स्थानीयन गीता रेग्मीले जानकारी दिए ।

जतिसक्दो सडकमा अलपत्र परेका ठूला सवारीलाई गन्तव्यममा पु¥याउन लोकमार्ग आयोजना कार्यालयलाई निर्देशन दिएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा सयौँ यात्रुले सास्ती खेप्नुपरेको समयमा सडकमाथिबाट खसेको पहिरोले झनै समस्यामा पारेको छ । रासस

प्रतिक्रिया दिनुहोस