७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमले जुलाई ३१ तारिखदेखि उद्धार उडान गर्ने

अ+ अ-

काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् ।

निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै उद्धार उडानको तालिका बनाइने जानकारी दिए । यसैबीच निगमको जुलाई २७ तारिखका लागि बैंगलौर–काठमाडौँ उद्धार उडान दुई दिनपछि अर्थात् जुलाई २७ तारिखका लागि सारिएको विज्ञप्तिमार्फत जनाएको छ ।

यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगमले क्षमा मागेको छ । निगमका उद्धार उडान तालिका र भाडादर सम्बन्धि जानकारी चाहिएमा निगम कार्यालयमा फोन तथा वेवसाईटमा हेर्न पनि अनुरोध गरेको छ ।

यता हिमालयले पनि ३१ जुलाईमा चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने जनाएको छ । थप उडानको यकिन भइनसकेको कम्पनीले उल्लेख गरेको छ । यसअघि उद्धार उडानका लागि नेपालका दुई तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । दोस्रोपटक जुलाई १२ र तेस्रो पटक जुलाई २१ सम्म उडान गरेको थियो । हिमालयले जुन १६ देखि जुलाई १२ र जुलाई २१ सम्म उद्धारका लागि चार्टर्ड उडान भरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म करिब ३५ हजार नेपाली स्वेदश फर्किसकेका छन् ।

सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । बन्दाबन्दीको झण्डै पाँच महिनापछि हुने नियमित उडान एक तिहाइ सङ्ख्यामा मात्रै हुने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सङ्क्रमणमुक्त हवाई यात्राका लागि सुरक्षा प्रोटोकल बनाएर सुरक्षित उडान गर्नुपर्ने भएकाले दुवैतर्फ थोरै सङ्ख्यामा उडान हुनेछ । कुन गन्तब्यमा कति उडान गर्नेभन्नेबारे प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ दैनिक १५ र आन्तरिकतर्फ ४० देखि ५० सम्म उडान हुनसक्ने जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस