प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै माइतीघरमा प्रदर्शन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै माइतीघरमा प्रदर्शन


९ श्रावण २०७७, शुक्रबार


काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला सुनाएको भन्‍दै माइतीघरमा प्रदर्शन गरिएको छ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’, जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस