सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा बुधबार स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
राजविराज नगरपालिका-२ का ३१ बर्षीय पुरुष, राजविराज ३ का ६३, ३२ र २३ बर्षीय पुरुष, राजविराज ६ का ३२ र ३६ बर्षीया महिला, तथा ४० र ४३ वर्षका पुरुष संक्रमित देखिएका छन् ।
राजविराज वडा नम्बर ७ का २० बर्षीय पुरुष र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीकै तथा अग्निसाइर कृष्णासवरण गाउँपालिका १ का एक पुरुष संक्रमित देखिएका छन् ।
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक जना अस्पतालभित्रको आकस्मिक कक्षमा कार्यरत नर्स र अर्का एक स्वीपरमा समेत संक्रमण पुष्टि भएको छ ।
भारतमा झण्डै ४ महिना बसेर आएका यहाँका एक जना प्रतिष्ठित व्यापारीको अघिल्लो हप्ता कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएकाको परिवारका सबै ५ जना तथा उनको पसलमा काम गर्ने २ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकका छिमेकी दम्पत्तिसमेत कोरोना संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन बुधबारदेखि राजविराजमा लकडाउनलाई कडा पारिएको छ ।