९ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ/डेढ लाख

अ+ अ-

स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको रु एक लाख र प्रदेश सरकारको रु ५० हजार गरी प्रतिपरिवार रु एक लाख ५० हजारका दरले रु छ लाख र गल्याङ नगरपालिका-९ साङ्लियाका एक परिवारलाई रु ५० हजार राहत मङ्गलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराएका छन् ।

गल्याङ-९ साङ्लियाको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले रु एक लाख उपलब्ध गराएका थिए ।

मङ्गलबार नै मन्त्री चुमानले कालीगण्डकी गाउँपालिकामा चार जनाको ज्यान जाने गरी आएको पहिरोको स्थालगत अवलोकन तथा निरीक्षणसमेत गरे ।

गत असार ३० गते कालीगण्डकी गाउँपालिका-४ खहरेमा आएको पहिरोमा पुरिएका तीन जनाको शव फेला परेसँगै सामूहिक अन्त्येष्टि गरिएको थियो भने एक जनाको एक हप्ता बित्दा पनि अझै शव फेला पर्न सकेको छैन ।

पहिरोमा पुरिएको शव फेला पार्न नसकेपछि सोमबार कुशको शव बनाएर कालीगण्डकीमा अन्त्येष्टि गरिएको कालीगण्डकी गाउँपालिका-४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले बताए ।

पहिरोमा पुरिएर कालीगण्डकी गाउँपालिका-४ साविक बिर्घागाउँ विकास समितिका अध्यक्ष इमानसिंह राना, स्थानीय जिमानसिंह थापा, टीकाबहादुर थापाको मृत्यु भएको थियो भने स्थानीय प्रेमचन्द्र पाण्डेको शव अझै फेला पर्न सकिएको छैन ।

असार १३ गते घरमाथिबाट झरेको पहिरोले घर भत्किँदा गल्याङ नगरपालिका–९ साङ्लियाका यमबहादुर विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस