२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा पहिरो

अ+ अ-

बलेवा । नेपाली सेनाले १० मिटर चौडा गरेर सात महिनाअघि सडक विभागको जिम्मा लगाएको कालीगण्डकी करिडोरको सडकखण्ड बर्खा लागेसँगै प्रयोगमा आउन छोडेको छ । वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि करिडोरको मालढुङ्गा–बलेवा विमानस्थल खण्ड अवरुद्ध भएको हो ।

सडकमा पहिरा खसेको दुई साता बितिसक्दासमेत सरोकारवालाले पहिरो पन्छाउन बेवास्ता गर्दा सडक अवरुद्ध भएको स्थानीयले बताए । करिडोर अवरुद्ध हुँदा सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा चल्ने सवारी सधान प्रभावित भएका छन् । लकडाउनका कारण सार्वजनिक सवारीसाधन पर्याप्त नचलेको भए पनि निजी तथा अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति गर्ने सवारी प्रभावित भएका हुन् । करिडोरको यो खण्ड नेपाली सेनाले सडक विभागको करिडोर आयोजना कार्यालयलाई बुझाएको निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले बताए ।

गत वर्षको वर्षा याममा समेत कयौँ पहिरोहरुको सामना गरेको यो खण्डलाई नेपाली सेनाले बेला–बेलामा मर्मत गरेर सहज बनाउँदै आएको थियो । करिडोर आयोजना कार्यालयमा हस्तान्तरण भएपछि खसेका पहिरो हप्तौसम्म पन्छाउने काम नभएको स्थानीय भवानी शर्मा बताउँछन् । आयोजनाको कार्यालय पाल्पामा रहेकाले बागलुङमा सडक अवरुद्ध भएको विषयमा हल्ला मात्रै पाल्पा पुग्ने गरेको छ ।

सकड विभागको करिडोर आयोजनालाई हस्तान्तरण भएकाले उक्त खण्डमा खसेका पहिरो पन्छाउने र सडक खुलाउने जिम्मेवारी आयोजनाकै भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । “यो ठूलो आयोजना हो, भूभाग हाम्रोमा परेपनि काम आयोजना कार्यालयको हो”, पौडेलले भने, “विकल्प नै नभएको भए एउटा कुरा हुन्थ्यो, हामीले अरु वैकल्पिक सडक निरन्तर चलाएर सवारी आवतजावत गरेका छन् ।” वर्षामा गएको पहिरो पन्छाउँदा थप जोखिम व्यहोर्नुपर्ने भएकाले बर्षा रोकिएपछि मात्रै सडक सफाई गर्ने करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ ।

“विकल्पै नभए एक मिनेट रोकिँदैन तर विकल्प प्रशस्तै छन्, किन जोखिम मोल्नु’ आयोजना कार्यालय पाल्पाका डिभिजन इञ्जिनीयर नगेन्द्र सुवेदीले भने, “वर्षा रोकियो भने हामीले पहिरो पन्छाउँछौँ ।” बागलुङ–कुश्मीशेरा–बरेङ शान्तिपुर सडक कालोपत्रेको काम चलिरहेकाले करिडोरको वैकल्पिक सडक मानिएको उक्त खण्ड बेला–बेलामा अवरुद्ध हुने गरेको छ । सवारी चालक बाबुराम शर्माले भने, “लामो बाटो र पहिराको सास्तीले १ घण्टाको यात्रा चार घण्टामा पुगेको छ ।”

प्रतिक्रिया दिनुहोस