भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा मन्त्रालयद्वारा धन्यवाद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा मन्त्रालयद्वारा धन्यवाद


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओ) लाई धन्यवाद दिएको छ ।

शुक्रवार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोक्ने एमएसओको स्वतःस्फूर्त निर्णय जिम्मेवारी बोधको संज्ञा भएको जनाएको हो ।

मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय सञ्चारमाध्मयहरुको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवा प्रदायकहरूले निर्णयलाई मन्त्रालय धन्यवाद व्यक्त गर्दछ ।’

साथै मन्त्रालयले आउँदा दिनमा प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्ने गराउने सन्दर्भमा सरोकारवालाबाट निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास गरेको छ ।

पछिल्लो केही हप्तायता भारतीय न्युज च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर भ्रामक र गलत सामग्री प्रसारण भइरहेको थियो । यसै सन्दर्भमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओ) ले बिहीबार साँझदेखि नेपालमा भारतीय न्युज च्यानलहरूको प्रसारण रोक्ने निर्णय गरेका थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस