१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्‍व स्वास्थ्य संगठनले भन्यो – कोरोना भाइरस हावाबाट सर्छ भन्ने कुरालाई नकार्न सकिँदैन

अ+ अ-

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस हावाबाट सर्ने भन्ने तथ्यलाई नकार्न नसकिने बताएको छ । हावामा रहने साना कणमार्फत कोरोना भाइरस फैलिन सक्ने प्रमाण देखिँदै गएको डब्लूएचओले स्वीकार गरेको हो ।

डब्लूएचओको कोरोनाभाइरस संक्रमण नियन्त्रण विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेग्रान्जीलाले धेरै भीडभाड हुने ठाउँ, बन्द कोठा वा हावा पास नहुने ठाउँमा हावाबाट कोरोनाको संक्रमण सर्दैन भनेर भन्न नसकिने बताएकी छन् । डब्लूएचओका अधिकारीहरुले भने यसको शतप्रतिशत प्रमाण जुटाउन र बुझ्न अझै समय लाग्ने र यसको खोजका लागि काम जारी राखिएको बताएका छन् ।

वैज्ञानिकहरुले हावाका साना कणमा पुगेको कोरोना भाइरसबाट पनि मानिसमा संक्रमण हुन सक्ने दाबी गरेका थिए । उनीहरुले कोरोना भाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह समेत गरेका थिए । सोमबार कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरुले डब्लूएचओलाई यसबारे खुलापत्र पठाएका थिए । यदि यो कुराको आधिकारिकता पुष्टि भएमा कोरोना भाइरस रोकथामसम्बन्धी निर्देशिका परिवर्तन गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

डब्लूएचओका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिले हाच्छयुँ वा खोक्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्ने बताउँछ । तर वैज्ञानिकहरु कोरोना भाइरसको संक्रमण फैलनुमा यसलाई मात्र कारक मान्‍न तयार छैनन् । यदि यो पुष्टि भएको खण्डमा मास्क प्रयोगमा व्यापकता गर्ने, सार्वजनिक यातायात, बार, रेस्टुरेन्टलगायतका भीड हुने ठाउँमा सामाजिक दूरीको कडा पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस