काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले उपचार गराइरहेका ७ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
७ जनामा कोरोना पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।