काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ ।
छलफल देउवा निवास बुढानिलकण्ठमा भएको हो । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको जसपा नेता केशव झाले बताएका छन् ।
छलफलमा जसपाका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर सहभागी थिए ।