काठमाडौं । इनफ इन इनफका अभियन्ताले १२ बुँदे सहमतिपछि अनशन तोडेका छन् । सोमबार स्वास्थ्यमन्त्रालयसँग र्भको १२ बुँदे सहमतिपछि आज बिहानदेखि अनशन तोडिएको इनफ इन इनफले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
१२ दिनअघि १४ बुँदे मागसहित पाटन दरबार स्क्वायरमा सत्याग्रह सुरु गरेको इनफ इन इनफले आजदेखि अनशन तोडेको छ । अनशनरत ईः र पुकार बमले १२औं दिनमा अनशन तोडेको इनफ इज इनफकी सब्रिना डंगोलले जानकारी दिइन् ।
इनफ इज इनफको वार्ता टोलीमा नयनतारा गुरुङ कक्षपति, आलोक सुवेदी, सञ्जय अधिकारी, प्रितम सुवेदी र ब्रबिमकुमार सहभागी थिए । मध्यस्तकर्ताका रूपमा डा. विन्ज्वाला श्रेष्ठ थिइन् ।
कोभिड १९ सिर्जित महाव्याधिको सबल र सक्षम व्यवस्थापनको निमित्त सरकार तथा सम्बन्धित पक्षलाई दबाब दिन झन्डै एक महिनाअघि फेसबुक ग्रुपका रुपमा इनफ इज इनफ अभियानको आरम्भ भएको हो ।
इनफ इज इनफले काठमाडौंको बालुवाटार, भाटभटेनी, माइतीघर, सहिदगेटलगायत देशैभरका सयभन्दा धेरै स्थानमा भौतिक दूरी कायम गर्दै प्रदर्शन गरेको थियो ।