वेप्रवाह बगिदिन्छु तिम्रो प्यारमा,
भुलिदिन्छु दुनिया यो तिम्रो प्यारमा ।।
जहर पनि संजीवनी बनिदिदो रैछ,
पिई दिन्छु बेमौसम मै तिम्रो प्यारमा ।।
फिका लाग्छन् टिलपिल गर्ने आकासका ताराहरु,
चम्किलो म जून सरी तिम्रो प्यारमा ।।
पुग्ने मेरो ठाउँ छैन तिमी भन्दा पर,
संसारकै खुसी भेट्छु तिम्रो प्यारमा ।।
बहाना के चाहियो र मात चढ्नलाई,
मदहोशी म त सधैं तिम्रो प्यारमा ।।
तिमी हिड्ने गोरेटोलाई सधैं पछ्याइरन्छु,
फकीर एक यात्री हुँ म तिम्रो प्यारमा ।।
गोधुली यी प्रहरहरु त्यसै मख्ख लाग्छन्,
बेसुरा म उसै गरी तिम्रो प्यारमा ।।
भत्काएर जंघारहरु पार लाग्ने भए,
सिमा विहीन विद्रोही म तिम्रो प्यारमा ।।