काठमाडौँ । आजदेखि दुई पाङग्रे सवारी सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू गरिएको छ ।
जोर बिजोर प्रणालीसँगै एक जना मात्रै चढ्न पाउने नियमलाई अझ कडाइका साथ लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
‘आजदेखि मोटरसाइकल र स्कुटरमा पनि जोर बिजोर प्रणाली लागू भएको छ’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने, ‘जोर बिजोर प्रणालीसँगै एक जना मात्रै चढ्न पाउने छन्’
जोर बिजोर नियम लागू हुने सरकारको निर्णयसँगै मोटरसाइकलको हकमा के हुन्छ भन्ने विषयमा कन्फ्यूज रहेकोमा गृहले मोटर साइकलमा पनि जोर बिजोर लागू हुने र एक जना मात्रै चढ्न पाउनेछ भन्ने प्रस्ट निर्देशनसँगै प्रहरीले कडाइका साथ कार्यान्वयन गर्ने एसएसपी ढकालको भनाई छ ।