ग्रामीण नेपालको यथार्थ चित्रण “छोटो छ जिन्दगी, फोटो खिचेर राख” (भिडियोसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ग्रामीण नेपालको यथार्थ चित्रण “छोटो छ जिन्दगी, फोटो खिचेर राख” (भिडियोसहित)


२८ जेष्ठ २०७७, बुधबार


काठमाडौँ । परदेशीको कथालाई स्मरण गराउने म्युजिक भिडियो ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’मङ्गलवार सार्वजनिक भएको छ । सुदूरपश्चिमको ग्रामीण क्षेत्रको जनजीवनलाई चित्रण गर्दै सम्पादन गरिएको भिडियो मङ्गलवारदेखि बजारमा आएको हो ।

अछामको तुर्माखाँद गाउँपालिका र भारत, राजस्थानको जैसलमेरको भिडियो दृश्यावलोकन गरिएको छ । उक्त दृश्यमा सुदूरपश्मिको विकट क्षेत्रका मानिसहरूको जीवन भोगाइलाई चरित्र चित्रण गरिएको छ । गाउँ छोडेर रोजगारीको खोजीमा परदेशिने एक युवाको जीवन कहानीलाई भिडियोमा दुरुस्त उतार्न खोजिएको छ ।

सामाजिक सन्देशमूलक यस भिडियोमा परदेशिएका श्रीमानलाई पर्खिरहेकी अर्धाङ्गिनीको अवस्था पनि भिडियोबाटै देख्न सकिन्छ । यसरी नेपालको ग्रामीण क्षेत्रका अधिकांशको जनजीवनलाई भिडियोमार्फत सन्देश दिन खोजिएको छ । भिडियोमा बिछोडिएको एक प्रेमिल जोडीको पीडालाई निर्देशकले सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् ।

नारायण नेपालको शब्द रहेको गीतमा भूपु पाण्डे र मेलिना मैनालीले स्वरबद्ध गरेका छन् । जसमा योगेश दाहालको छायाङ्कन रहेको छ भने मनोज कार्कीको दृश्य सम्पादन रहेको छ । भिडियोको रङ्ग संयोजन श्याम कुँवरले गरेका छन् ।

सागरबाबु भट्टको निर्देशनमा निर्माण गरिएको भिडियोमा सङ्गीत संयोजन गायक पाण्डेले गरेका छन् । सङ्गीत मुद्रण नरेन्द्र वियोगीले गरेका छन् ।

हेर्नुस् भिडियो :

 

Tags :
प्रतिक्रिया दिनुहोस