शनिवार थप ३२३ जनामा पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो, १३ जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शनिवार थप ३२३ जनामा पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो, १३ जनाको मृत्यु


२४ जेष्ठ २०७७, शनिबार


काठमाडौं । शनिवार थप ३२३ जनामा कोरोना भाइरस(कोभिड १९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार थप ३२३ जनाको कोरोना पुष्टि भएको हो ।

आज संक्रमित हुनेमा २८६ जना पुरुष र ३७ जना महिला छन् ।

अब नेपालका कुल कोरोना संक्रमितको संख्या ३ हजार २३५ जना पुगेको छ ।

३६५ जना निकोभएर डिस्चार्ज भएका छन् ।

हालसम्म प्रयोगशाला परीक्षण आरडिटी विधिबाटबाट १,३७,४३५ जनाको र पीसीआर विधिबाट ९२,४७७ जनाको गरिसकिएको छ । गत २४ घण्टामा ४,१११ जनाको पीसीआर परीक्षण भएको छ ।

शनिबार एकजनाको कोरोना संक्रमित व्यक्तिको पनि मृत्यु भएको छ । डोल्पाका जगदुल्ला गाउँपालिकाका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोनाकै कारणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस