काठमाडौँ । सरकारले सहसचिव विष्णु नेपाललाई सचिवमा बढुवा गरेको छ ।
विहिवार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले अनिवार्य अवकाश लिएसँगै रिक्त रहेको सचिव पदमा उनको बढुवा भएको हो ।
बढुवा समितिले रिक्त सचिवका लागि सिफारिस गरेका तीन वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र विष्णु नेपालमध्ये पहिलो नम्बरमा रहेका दुवाडी सचिवमा बढुवा करीब करीब पक्का जस्तै भएपनि सिफारिस गरिएको लामो समयपछि नेपाल बढुवा भएका छन् ।