विवादित स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको सरुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विवादित स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठको सरुवा


२२ जेष्ठ २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ मन्त्रालयमा तानिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभागको महानिर्देशकमा डा. दीपेन्द्र रमण सिंहलाई पठाएको छ ।

विभागले आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालयमा तानेको छ भने उनको ठाउँमा डा. रमेश खरेललाई जिम्मेवारी दिएको छ। यस्तै प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा तानिएको छ। गौतमको ठाउँमा ठाउँमा डा. संगीता कौशललाई लगिएको छ।

तीन महिना अघि मात्र महानिर्देशकमा पठाइएका श्रेष्ठ पछिल्लो समय औषधि खरिद प्रकरणमा विवादमा आएका थिए । मनलाग्दी टेन्डर निर्णय गर्नेदेखि रद्द गर्नेसम्मका विषयले मन्त्रालय मात्रै होइन सरकारलाई नै बदनामित गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस