जनकपुर । सोमबार प्रदेश नं. २ का ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषामा ७ जना, सप्तरीमा १२ जना, सिरहामा ५ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३८ जना र रौतहटमा १८ जना नयाँ संक्रमित थपिएको प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ६ सय ९५ पुगेको छ ।