३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदेखिएको घाउ

लघुकथा 

अ+ अ-

‘हरे, नौ बजिसक्यो, अझैसम्म सुतिराखेको छ !’ आमाले कराएर बोल्नुभएको उसको अर्धचेत दिमागले ठम्याउन सफल भयो।

अल्छी मान्दै उ ओछ्यानबाट उठेर कोठा बाहिर निस्कियो।

‘बहिनी खै ?’ सधैझै ब्युझेपछिको पहिलो काम भनेको बहिनीसँग चल्ने र झगडा गर्ने, मायालाग्दो झगडा। धेरै माया गर्थ्यो उसले बहिनीलाई । बहिनीले पनि दाइको साह्रै माया मान्थिन। पुरै दुनियाँ दाइ बिरुद्धहुँदा पनि बहिनी सधैँ दाइको समर्थनमा। कैयौंपटक उनले दाइलाई बुवाआमाको गाली खानबाट जोगाउँथिन । उमेर खासै फरक नभएकोले दुई जना एकदमै मिल्ने साथी जस्तै थिए।

एक्लो छोरो भएर होला साह्रै चकचके थियो। उमेर बढेपनी बानी बच्चाजस्तै चकचक गर्ने । भर्खरै परीक्षा सकिएर बिदामा गाउँ आएको उसको दैनिकी बिहान उठेर केही खाजा मुखमा हाली साथीहरूसँग क्रिकेट खेल्दै निस्किन्थ्यो। आज पनि उ खेल्न निस्किनै लागेको थियो।

‘एक दुई वटा दाउरा चिरेर जा, खाना पकाउन ढिलो भो।’आमा ले अह्राउनुभयो।

झर्किँदै खुकुरी र एउटा मोटो दाउरा बोकेर उ बाहिर आँगनमा निस्कियो।

‘आ..ह.ह.’ एकै छिन पछि उ कराएको आवाजले सबै जना आत्तिएर उ भएको ठाउँमा पुगे। उसको हातमा खुकुरीले थोरै काटिएको थियो। थोरै रगतका थोपाहरू दाउरा, खुकुरीको टुप्पो र भुइँमा परेका थिए। उसले नजिकै रहेको टालोले हात च्याप्प समातिराखेको थियो। धेरै काटिएको त थिएन।

आमाले घाउ हेरेर उल्टै गाली गर्नुभयो। ‘मर्द भएर पनि यति सानो घाउ लाग्दा यसरी कराउँछन् र ? दाइको मेडिकलमा औषधि हालेर आइज।’

‘आफू मर्द भएर हेर्नुस् न अनि थाहा पाउनुहुन्छ।’ भन्दै उ मेडिकलतर्फ हिँड्यो।

गाउँकै मेडिकल भएर त्यहाँका डाक्टरलाई दाइ भन्ने गर्थ्यो उसले। दाइले घाउमाथिको टालो हटाउँदा साह्रै दुखेजस्तै करायो।

दाइले पनि आमाजस्तै गरी गाली गर्नुभो ‘मर्द जात भएर पनि अलिकति चोट लाग्दा यसरी कराउँछन् र ?’
आमालाई जस्तै दाइलाई जवाफ दिन सकेन। ‘धेरै रगत बग्यो दाइ, मैले त दिउँसै तारा देखेँ।’ उसले दाइलाई आफ्नो जवाफले ‘कन्भेन्सन’ गर्ने कोसिस गर्‍यो।

‘यो भन्दा धेरै त केटीहरूको महिनावारी हुँदा रगत जान्छ।’ दाइले ठट्यौली पारामा जवाफ दिनुभयो। ‘फोहोर कपडाले छोप्दा सङ्क्रमण हुन सक्छ। अब घाउ हुँदा फोहोर टालोले नछोप्नु। घाउ सफा गरिदिए। अब केही औषधि दिँदै छु, समयमा खानु।’

‘अनि रगत धेरै गयो नि दाइ, के गर्नु ?’ उसले सोध्यो।
‘धेरै नआत्तिऊ भाइ। रगत बनाउने पोसिलो खानेकुरा खानु। घाउ सफा राख्नु। घाउ भएको ठाउँ धेरै नचलाउनु, चलायो भने ढिलो निको हुन्छ।’ भन्दै दाइले हातमा औषधिको झोला राख्दिनुभो।

उ कुददै घर आयो। घरमा आमालाई दाइले भनेको कुरा उल्था गर्दै सुनायो ‘आजदेखि पोषिलो खानेकुरा खान्छु, घाउ सफा राख्छु। घाउ निको नहुन्जेल यो हातले केही काम गर्दिन।’ एकै श्वासमा सबै बोलेर उसले सधैंझै आमालाई सोध्यो ‘बहिनी खै ?’

‘अब पाँच दिन बहिनीलाई भेट्न पाउँदैनस्। गोठमा छ। महिनावारी भएकी छे।’ आमाले थोरै मुस्कुराउँदै भन्नुभयो।

उ स्तब्ध भयो। एक छिन आफ्नो हातको घाउ र त्यसपछि परको गोठलाई एकटक हेरिरह्यो।

अर्धचेत अवस्थामा उसले आफैलाई प्रश्न गर्‍यो, ‘अब केही गर्ने कि ?’

प्रतिक्रिया दिनुहोस