२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको गम्भीर ध्यानाकर्षण : भारतीय सञ्‍चारमाध्यमा प्रकाशित समाचार भ्रामक, काल्पनिक र निराधार समाचार

अ+ अ-

काठमाडौँ । केही भारतीय मिडियामा आएका समाचारलाई लिएर नेपाली सेनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सैनिक मुख्यालयबाट बिहीबार राति जारी गरिएको विज्ञप्तिमा केही भारतीय सञ्चारमाध्यममा आएका समाचार दुई देशका सेनाबीच सम्बन्धमा खलल पुऱ्याउने खालका भएको बताइएको छ ।

‘उक्त भ्रामक समाचार दुई मित्र राष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । केही भारतीय मिडियामा भारतका सेनाध्यक्ष एमएम नरवणेले केही समयअघि दिएको वक्तव्यलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रतिक्रिया दिन भनेको तर प्रधानसेनापति थापाले ‘आफूले त्यस विषयमा नबोल्ने’ भनेको सामाचार आएका थिए ।

‘राष्ट्रिय एकता थप मजबुत बनाउनु पर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई हार्दिक अनुरोध गरिन्छ,’ विज्ञप्तिमार्फत सेनाले भनेको छ ।

यस्तै, सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री(ईश्वर पोखरेल) बाट समेत धारणा सार्वजनिक भइसकेको जानकारी उल्लेख गर्दै नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको पनि जानकारी विज्ञप्तिमार्फत दिएको छ ।

प्रतिक्रिया दिनुहोस