काठमाडौँ । बाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश प्रमुख विष्णु प्रसाईँले मङ्गलवार प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रम बुधवार बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रममा सांसदहरू रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।