२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दियाबाट भारत गएका दुई जनामा कोरोना पुष्टि

अ+ अ-

काठमाडौँ । बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत दुई भारतीय नागरिकहरूमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले प्रशासनसँग भने, ‘उनीहरू काम गर्दै आएको क्रसर र वरपरका क्षेत्रमा उच्च निगरानी र सतर्कता अपनाएका छौँ ।’

क्रसर उद्योगमा काम गर्ने ६ जना भारतीय घर फर्केकोमा ४ जनामा परीक्षण गर्दा नेगेटिभ आएकोमा दुई जनामा पोजेटिभ देखिएको प्रजिअ लामिछानेले बताए । ‘यो नेपालतिरबाट होइन’, लामिछानेले भने, ‘६ जना गएकोमा चार जनामा देखिएन तर दुई जनामा देखिएकोले उतै सङ्क्रमण भएको हुनसक्छ’

उनीहरूसँगै काम गर्ने अन्य दुई जनाको परीक्षण गर्दा नेगेटिभ आएको र थप एक जनाको आज परीक्षण गरिने समेत उनले बताए । यद्यपि सो क्षेत्रमा उच्च सतर्कता अपनाएको उनको भनाई छ ।

वैशाख ५ गते बहराइन गएका उनीहरूको भारतीय पक्षले गरेको स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएपछि बहराइन प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रवार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरू सङ्क्रमित रहेको थाहा भएको थियो ।

कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरूको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको हो ।

प्रहरी कार्यालयले पठाएको पत्रमा ती मजदुरहरू वैशाख ५ गते साँझ आफ्नो घर फर्किएको र ८ गते स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको उल्लेख छ । यद्यपि पत्रमा, र्‍यापिड टेस्टबाट हो कि पीसीआरबाट परीक्षण गरिएको हो भन्ने खुलाइएको छैन ।

यसैबिच बर्दियाकै एक जना व्यक्तिलाई भारतमा कोरोना संक्रमण पुष्टि भएको छ । ठाकुर बाबा नगरपालिका घर भएका ती व्यक्ति भारतबाट नेपाल फर्किने क्रममा भारतीय पक्षले सिमानामा स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो ।

त्यसपछि उनलाई भारतीय पक्षले नै नेपाल आउन नदिई क्वारेन्टाइनमा राखेको बर्दियाका प्रजिअ लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस