काठमाडौँ । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भगीरथ पाण्डेको सरुवा गरेको छ ।
प्रजिअ पाण्डेलाई गृह मन्त्रालय तानेर उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख नारायणप्रसाद भट्टलाई खटाइएका छन् ।
पाण्डेलाई भट्टले सम्हाल्दै आएको महाशाखामा खटाइएको छ । भट्ट मन्त्रालय आउनु अघि भक्तपुरको प्रजिअ थिए।