२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्म, कर्मचारी र कर्मयोग

अ+ अ-

दुनियाँमा सफल व्यक्तिहरू भन्ने गर्छन्,‘मैले यो काम आफैले गरेको होइन, मलाई माध्यम बनाएर परमात्मा म बाट यो काम गराउँदैछन् ।’ यसको विश्लेषण गर्दै गरौला तर ईश्वरीय सत्तामा सबैलाई समान संरक्षण प्राप्त भएकै हो । जब मानव राज्यको स्थापना भयो तब शासक र शासित गरी दुई वर्गको मानिसको उपस्थिति भयो । पौराणिक कालमा राजाहरू आफै युद्ध मैदानमा उत्रिएर युद्ध गर्दथे र राज्य सफल थियो । आधुनिक समयमा शासकहरू विलासी हुँदै गए र राज्य व्यवस्था असफल हुँदै गयो । अनि आफू अनुकूल काम गर्न गराउन आसेपासे, फरियाका मान्छेहरू, भाइ भारदार नियुक्त गर्ने चलन बढ्दै गयो । यद्यपि अहिले पनि सल्लाहकार, स्वकीय सचिवको नाममा अयोग्य व्यक्तिहरूको जम्बो टोली राख्ने चलन छदैँछ । प्रधानमन्त्रीज्यू आफ्नै सल्लाहकारको घेराबन्दीमा परेपछि सल्लाहकार नै फेर्नु परेको थियो । ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना पुरा गर्न लागि पर्नु भएका प्रधानमन्त्रीज्यूलाई आफ्नै भनिएकाहरूले अप्ठेरोमा पार्दै लगेका छन् ।

मुख्यतः राज्यद्वारा उपलब्ध गराइने सेवाहरू जनतासम्म पुर्‍याउन कर्मचारीको ठुलो र महत्त्वपूर्ण भूमिका रहन्छ । तर यती मात्र दायित्वले अबको कर्मचारीतन्त्रको शाख थेग्न सक्ने अवस्था देखिन्न । कर्मचारी पञ्चायतमा पनि थिए, बहुदलमा पनि थिए, राजतन्त्रमा पनि थिए, गणतन्त्रमा पनि छन्, द्वन्दकालमा पनि थिए, लोकतन्त्रमा पनि छन्, भूकम्पमा पनि थिए, लकडाउनमा पनि छन्, राजाको प्रत्यक्ष शासनमा पनि थिए, संघीयतामा पनि छन् र स्थायी सरकारको रूपमा सधैँ भरी रहन्छन् ।

सार्वजनिक सेवा प्रवाह भन्ने विषय आफैँमा ज्यादै बृहत् र व्यापक विषय भएकाले कर्मचारीतन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र मात्र हो । परापुर्वक कालमा राज्यको सभ्यता, चालचलनको प्रचार गर्न समेत कर्मचारीको प्रयोग गरिन्थ्यो । कर्मचारीहरू राज्यका सभ्य नागरिक थिए । कर्मचारीलाई हेरेर जनताहरू लाउने, खाने, सामाजिक व्यवहार गर्ने जस्ता कुराहरू सिक्ने गर्दथे । तर अहिलेको कर्मचारीको व्यवहार , कामकुरा सिक्न थाल्यो भने के हविगत होला ? समाज कहाँ पुग्ला ? लोक सेवाको परीक्षा तयारी गर्दा र सेवा प्रवेश पश्चात् कर्मचारीको मानसिकतालाई खोइ के ले हो बिगारी सक्छ । मेरो बुझाइमा कर्म गर्नुपर्ने भएकाले कर्मचारी भनिएको हो ।

भागवत गीतामा कर्मयोगको बारेमा राम्रोसँग व्याख्या गरिएको छ । महाभारतको युद्धको मैदानमा पाण्डव र कौरव पक्षको बिचमा घमासान युद्ध हुँदै गर्दा आफूले बाण हानी मार्नुपर्ने मानिसहरू आफ्नै दाजुभाइ भएकाले मुक्ति प्राप्त गर्न बनवास जाने बहानामा युद्धबाट प्रख्यात धर्नुधर अर्जुन भाग्न चाहन्थे । तर त्यति नै बेला श्रीकृष्ण प्रकट भएर अर्जुनलाई सम्झाउँदै भन्दछन्, हे अर्जुन अहिले तिमी युद्ध मैदानमा छौँ । युद्धको नियम नै मर्नु वा मार्नु हुन्छ । अहिले शत्रु पक्षमा तिम्रो दाजुभाइ होइन, तिमीलाई नै मार्नका लागि आएका शत्रुहरू हुन् । उनीहरूलाई तिमीले पराजय गर्नुपर्छ भनेपछि अर्जुन भाव विह्वल हुँदै युद्ध मैदानमा उत्रिन्छन् । कर्मचारीहरूले आफ्नो कर्तव्य पथमा नडगमकाइकन आफ्नो जिम्मेवारी पुरा गर्नुपर्दछ ।

देश र जनताको भलाइको निम्ति कानुनअनुसार अर्जुन दृष्टिमा अर्जुनवाण छाड्न पनि पछि पर्नु हुँदैन । नेपालको झन्डा मुनी बसेर काम गरिरहँदा कहिलेकाहीँ कठोर निर्णय पनि गर्नुपर्ने हुन्छ, त्यस्तो समयमा राष्ट्रसेवकको हात काम्नु हुँदैन । प्रशासनिक साहित्यमा यसलाई प्रतिबद्धता र तटस्थता भनेर पढाइन्छ तर कर्मयोगको ज्ञान अधुरै रहन्छ । अहिले ड्युटी गरिन्छ, कर्म होइन । मलाई पनि प्रशासन संयन्त्रको एक हिस्सा भइरहँदा विभिन्न उल्झनहरू आइरहेका छन्, अब कति झेल्दै जानु पर्ने हो थाहा छ्रैन । मैले बुझेको कुराचाहिँ भावनामा बहकिएर प्रशासनिक निर्णय गर्नुहुँदैन भन्ने नै हो । नेपालको सेक्सपियर भनिने नाटककार बालकृष्ण समले ‘मुकुन्द-इन्दिरा’ मा भनेका छन्, ‘पति भक्ति त मर्दैन पापी पति भए पनि, देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ । देश र परिवेश फरक-फरक हुन्छन् । देश जस्तो भए पनि आफ्नै देश हो, आफ्नै माटो हो । अन्य देशसँग तुलना गरेर हीनताबोध नगरौँ, बरु प्रतिस्पर्धामा अगाडि बढौँ । साउथ ईण्डियन मुभी बाहुबलीमा देखाइएको एक दृश्य हेर्दा एउटा प्रश्न उब्जिन्छ, कटप्पा ने बाहुबलीको क्युँ मारा ? नेपालको प्रशासनिक इतिहास कोट्याउने हो भने देशभक्त कुशल प्रशासक काजी भीम मल्ललाई झुटा आरोप लगाई मारिएको थियो । अहिले पनि राष्ट्रसेवकबाट निहित स्वार्थ पुरा गर्न अनाहकमा दुःख दिने प्रवृत्ति कायमै छ ।

हाम्रो पूर्वीय दर्शनमा कर्म गर फलको आस नगर भनेर उपदेश दिइन्छ । नाङ्गो आँखाले हेर्दा केही प्राप्त नै नहुने भए किन कर्म गर्ने भनेर अर्थ लगाइन्छ । शाब्दिक अर्थ त्यस्तै लाग्छ तर लाक्षणिक अर्थ बृहत् छ, मेरो घर बाग्मतीमा छ भनेजस्तै । मान्छे बस्ने घर पानी बग्ने खोलामा नभएर बाग्मती प्रदेश वा बाग्मती नगरपालिका वा बाग्मती गाउँपालिकामा पर्न सक्छ । त्यसैले भन्ने गरिएको हो सधैँ शब्दमा मात्र जानुहुँदैन, कहिलेकाहीँ भावमा पनि जानु पर्दछ । स्वाभाविक रूपमा कर्मसँग फल अर्थात् प्राप्ति जोडिन्छ । गीतामा निष्काम कर्मको उल्लेख गरिएको छ ।

निष्काम भनेको कुनै लक्ष्य नै नराखी एकोहोरो काममा घोटिनु भनेको होइन । कुनै परिणाम नै दिदैन भने त्यो काम नै बेकाम भयो । यो निष्काम कर्म भनेको कर्मको फलसँग आशक्ति नराख्नु हो । किनकि कर्म भनेको प्रक्रिया हो, परिणाम भनेको गन्तव्य हो । मानिस आफू हिँड्ने बाटो नहेर्ने तर सधैँ गन्तव्य मात्र सम्झिँदा दुर्घटनामा पर्दछ । त्यसैले कर्मचारीले कर्म गर्नुपर्ने भएकाले प्रक्रियालाई ध्यान दिनु पर्दछ ।

निष्काम कर्म भनेको फलसँग आशक्ति नराख्नु भनेको हो । अहिलेको कर्मचारीतन्त्र कर्मबाट प्राप्त हुने फलसँग आशक्ति भइदिँदा प्रक्रियामा ध्यान पुगेन र दुर्घटना निम्तिएको छ । प्रशासनले अधिकार माथिल्लो तहबाट प्राप्त गर्दछ भने राजनीतिले जनताबाट वैधता प्राप्त गर्दछ । राजनीति र प्रशासनबिच राज्य शक्तिको प्रयोग गर्ने अधिकारमा सीमारेखा कोर्नु पर्दछ । संविधान तत्कालीन राजनीतिक सहमतिको दस्ताबेज नै भएकाले सीमारेखा कहाँसम्म खिच्ने त्यो यकिन गर्नुपर्दछ । प्रशासन र राजनीति लुकामारी मात्र गरिरहने हो भने देशको समृद्धिको यात्रा अलमलिन्छ । कर्मचारीतन्त्र अपहेलित भएको राज्यमा सुशासन कमजोर रहन्छ । समृद्ध मुलुकमा चुस्त र प्रभावकारी प्रशासन रहन्छ । कर्मचारीले गर्ने कार्यहरू विधि र प्रक्रियामा आधारित हुन्छन् । प्रक्रिया सरलीकरण गर्न सकिन्छ, वैज्ञानिक पद्धतिको विकास गर्न सकिन्छ तर प्रक्रिया नै मिच्ने कार्य गर्नुहुँदैन । यसो गर्दा जोखिममा परिन्छ । एउटा प्रक्रिया मिच्दा अर्को प्रक्रियालाई निम्ता गरिरहेका हुन्छौँ ।

अहिले प्रशासन बुझ्न नखोज्ने र बुझ पचाउने राजनीतिज्ञसँग कर्मचारीले काम गर्नु परेको अवस्था छ । स्थानीय तहमा यस्ता खाले जनप्रतिनीधिहरुको जमात बढी छ । कानुनको एउटा विशेषता भनेको कानुन थाहा थिएन भन्न पाइँदैन । अहिलेको वर्तमान सन्दर्भमा नेपालमा राजनीति र प्रशासनबिच जुहारी चलिरहेको छ । प्रशासन भित्रको प्रशासन पनि सच्चिनु जरुरी छ । अहिले कर्मचारी प्रशासनसँग सम्बन्धित कानुनहरू बन्न सकेका छैनन् । सङ्घीय कानुन नबन्दा अन्य प्रादेशिक र स्थानीय कानुन बन्न सकेको छैन । संसद् र संसदीय समितिमा भएका तर्कहरू सुन्दा उदेक लागेर आउँछ, अचम्म लागेर आउँछ । कर्मचारी समायोजनको संवैधानिक भावना र मर्म भनेको सङ्घीयतामा कर्मचारीतन्त्रलाई व्यवस्थित र वैज्ञानिक बनाउने अवसर दिनु थियो । तर स्थायी सरकारको रूपमा रहने कर्मचारीतन्त्रलाई थप भद्रगोल र विखण्डित बनाइयो । नेपालको कर्मचारीतन्त्रमा विश्वकै उत्कृष्ट प्रणाली स्थापना गर्ने ऐतिहासिक अवसर मौजुदा छ तर हाम्रा नीति निर्माताले त्यतातिर ध्यान दिएका छैनन् ।

यसै सन्दर्भमा पूर्वीय दर्शनका महान् प्रशासनविद् आचार्य चाणक्यको प्रसङ्ग उल्लेख गर्न चाहन्छु । आचार्य चाणक्य (कतैकतै विष्णु गुप्त वा कौटिल्य समेत उल्लेख गरिन्छ) एक महान् दार्शनिक, अर्थशास्त्री, शिक्षक, राजनीतिज्ञ तथा सामाजिक अभियन्ता थिए । उनले मौर्य वंशको शासन स्थापना गर्न तथा मौर्य शासक चन्द्रगुप्तको उदय हुनमा ठुलो योगदान गरेका थिए । एकदिनको कुरा हो एक जना राजा घननन्दले ब्राह्मणहरूको सभा राखेका थिए जसमा चाणक्य समेत उपस्थित थिए । चाणक्यको बाहिरी आवरण त्यति सुन्दर थिएन । त्यही कारण देखाउँदै राजाले उनलाई अपमान गरे र सभाबाट निकाल्न आदेश दिए । उनले आफ्नो अपमान सहन नसकी तत्कालै आफ्नो टुपीको शिखा(गाँठो) फुकाउँदै भने ‘राजन् ! तिमीले आज भारी सभाका बिचमा जो मेरो अपमान गर्‍यौ, त्यसको बदला अवश्य लिएर छाड्नेछु !, मैले मगध राज्यको सिंहासनमा कुनै योग्य व्यक्तिलाई राख्नेछु र जबसम्म मैले त्यस्तो गर्न सक्नेछैन, तबसम्म मैले आफ्नो शिखा(टुपी) मा गाँठो पार्ने छैन ।’

उनी त्यहाँबाट जसोतसो ज्यान जोगाएर भागे र आफ्नो प्रतिज्ञा पुरा गर्न लागि परे । उक्त कार्यको लागि उपयुक्त उम्मेदवार खोज्दै जाँदा उनको भेट चन्द्र गुप्तसँग भयो । चन्द्र गुप्तसँगको उठ-बस पछि थाहा भयो उनी निकै साहसी र होनहार(योग्य) व्यक्ति रहेछन् । उनले यिनैलाई साथ लिएर शस्त्र(आफ्नो हातले समातेर प्रहार गर्नुपर्ने तरबार आदि हतियार), अस्त्र(हातबाट पर छाडी हान्नुपर्ने बाण, चक्र आदि हतियार) र शास्त्र सम्बन्धी धेरै महत्त्वपूर्ण शिक्षाहरू दिए । चाणक्यले आफ्नो बुद्धि-कौशलद्वारा राजा नन्द(घननन्द) लाई पराजित गरेर आफ्नो प्रतिज्ञा पुरा गरे । यो एउटा सानो प्रसङ्ग हो ।

अहिले राज्य संयन्त्रबाट कर्मचारीको मनोबल गिराउने काम भएको छ, कर्मचारीलाई अपमानित गरिएको छ । आजको प्रशासन संयन्त्रमा कतिपय प्रशासनिक निर्णयमा अनावश्यक राजनीतिक हस्तक्षेप गर्दा स्वयं नेता र ऊ आबद्ध पार्टीलाई समेत निकै धक्का समेत पुगेको छ । नेपालमा भावी राजा युवराजलाई प्रशासनिक ज्ञान दिने गरिन्थ्यो । राणा कालमा समेत राणाहरूले आफ्ना सन्तानलाई नाम कहलिएका विद्वानबाट ज्ञान आर्जन गर्ने व्यवस्था मिलाएका थिए । तर पछिल्ला समयमा प्रशासनिक ज्ञान नभएका मानिसहरू जिम्मेवार पदमा पुगेका र पदमा पुगेपश्चात् विधि र प्रक्रियामा चल्न नसक्दा ठुलो मूल्य चुकाउनु परेको अवस्था छ । कर्मलाई प्रधान मानिने भएकाले कर्मचारी भनिएको हो । कर्मचारीहरू कर्मयोगी हुन्छन् । असल कर्मद्वारा आत्मिक सन्तुष्टि प्राप्त गर्दछन् । सरकारी सेवा जीविकोपार्जनको माध्यम मात्र नभएर राष्ट्रको गौरवसमेत हो ।

प्रतिक्रिया दिनुहोस