प्रधानमन्त्रीसहित विशिष्टको मानमर्दनमा आँच पुर्‍याएको भन्दै दुई पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीसहित विशिष्टको मानमर्दनमा आँच पुर्‍याएको भन्दै दुई पक्राउ


२८ चैत्र २०७६, शुक्रबार


पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तिबारे अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क–१का ३६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ छन्।

उनीहरूले प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा अन्य मन्त्रीहरूको फोटो प्रयोग गरी मान मर्यादामा आँच पुर्‍याएको प्रहरीको भनाइ छ।

उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस