सोमबार राति १२ बजेदेखि संसद्को पाँचौँ अधिवेशन अन्त्य « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सोमबार राति १२ बजेदेखि संसद्को पाँचौँ अधिवेशन अन्त्य


२४ चैत्र २०७६, सोमबार


sanghiya sansad

काठमाडौँ । संघीय संसद्को पाँचौँ अधिवेशन अन्त्य भएको छ । संसद् सचिवालयले सूचना जारी गरेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गरेको जानकारी दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् सचिवालयलाई प्राप्त पत्रका आधारमा भन्दै संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार सूचना जारी गरेका हुन्। सोमबार राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य भएको हो।

कोरोना भाइरस(कोभिड-१९)को संक्रमण हुने डरका कारण पछिल्लो समय प्रतिनिधिसभाका बैठक सूचना जारी गरेर सर्दै आएका थिए। राष्ट्रिय सभा बैठक भने अनिश्चित कालका लागि स्थगित भएको थियो।

प्रतिनिधिसभाको ३० गते बोलाइएको बैठक र राष्ट्रिय सभाको बैठक पनि अब बस्ने छैन। संसद्को पाँचौँ अधिवेशन पुस ४ गते बोलाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस