क्लोरिन हटाएर फेरि उड्यो सेनाको स्काई ट्रक « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

क्लोरिन हटाएर फेरि उड्यो सेनाको स्काई ट्रक


१७ चैत्र २०७६, सोमबार


काठमाडौं । स्वाथ्य सामाग्री लिएर सेनाको स्काई ट्रक फेरि उडेको छ । बिहान साढे सात बजे उडेको स्काई ट्रक क्लोरिनको पिरो आएपछि बीचबाटै फिर्ता भएको थियो । क्लोरिन हटाएर फेरि सामाग्री लिएर फेरि उडेको हो ।

‘अनौठो गन्ध’ आएपछि बिहान उडेको सेनाको स्काई ट्रक बीच बाटोबाटै फिर्ता भएको थियो । फिर्ता हुनुको मुख्य कारण पनि क्लोरिन रहेको पुष्टि भएको छ ।

सरकारले बागमती प्रदेशको राजधानी हेटौंडा, प्रदेश २ को राजधानी जनकपुर र गण्डकी प्रदेश राजधानी पोखराका लागि गाडीबाटै औषधि पठाएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘क्लोरिन झिकेर स्काई ट्रकहरू धनगढी र विराटनगर पठाइएको छ, क्लोरिनकै कारण बिहान स्काई ट्रक फर्किनु परेको अनुसन्धानले देखाएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस