काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
आज बस्ने मन्त्रिपरिषद बैठकले समितिले गरेको कामको समीक्षा र थप तयारीका विषयमा निर्णय लिने बताइएको छ ।
यस्तै उच्च स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउने निर्णय गर्ने बताएको छ ।
लकडाउनका कारण मर्कामा परेको न्यून आय भएका, दैनिक ज्यालादारी परिवारलाई राहत प्याकेजको घोषणा गर्ने पनि सरकारको तयारी छ ।
यसअघि चैत ९ गते मन्त्रिपरिषद बैठक बसेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्नुपूर्व कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति गठन गरेर त्यसैले आवश्यक निर्णय लिइरहेको थियो ।