काठमाडौँ । चीनको एक व्यापारिक कम्पनीले ‘डोनेसन’मा दिएका करिब दुई हजार थान कोरोना टेस्टिङ किटसहितका सहायता सामाग्री निर्यातयोग्य नरहेको भन्दै तिब्बत सरकारले नेपाल पठाउन रोकेको छ ।
बेइजिङबाट पठाइएको चार दिनपछि शनिवार ल्हासा पुगेका सामग्री चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको जानकारी प्राप्त भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले शनिवार अपरान्हमात्र विदेश विभागले निर्यात गर्ने लिस्टमा नरहेको भनी जानकारी गराएपछि आफूहरूले ती कार्गो सामग्री जिम्मा नलिएको बताएका छन् ।
केही दिनअघि कोरोना सङ्क्रमण विरुद्ध नेपाललाई एउटा निजी चिनिया कम्पनीले टेस्टिङ किटहरू सहयोग गरेको थियो ।
सम्बन्धित समाचार : चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच्ने किट्स
गुणस्तर मापन गर्दा निर्यातयोग्य नदेखिएको भन्दै नेपाल पठाउनबाट रोकेको सामग्री चीन सरकारले दिएका भने होइनन् । सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि रोकिएको हो ।