चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच्ने किट्स « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चिनियाँ कम्पनीले दियो २ हजार कोरोना जाँच्ने किट्स


१२ चैत्र २०७६, बुधबार


काठमाडौँ । चीनको बेइजिङ साभान्ट बायो टेक्नोलोजीले नेपाललाई दुई हजार थान कोरोना भाइरस जाँच्ने किट्स उपलब्ध गराएको छ ।

उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बुधवार उक्त सामग्री बेइजिङस्थित नेपालीदूताबासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका हुन् ।

नेपाली दूतावासका अनुसार तीस हजार अमेरिकी डलर(करिब ३६ लाख नेपाली रुपैयाँ) बराबरको किट्स नेपाललाई उक्त कम्पनीले सहयोग गरेको हो ।

सरकारले मुलुकमा लक डाउन गरे पनि आम रूपमा परीक्षण गर्ने स्वास्थ्य सामग्री नभएकाले निजी क्षेत्रलाई समेत गुहारिरहेका बेला बेइजिङस्थित दूतावासले आफ्नो तर्फबाट पहल गरेको हो।

सरकारले लक डाउन गर्ने निर्णय गरे लगत्तै ट्विट गर्दै नेपालका लागि चिनिया राजदूत होउ यान्छीले चीन नेपालको साथमा भएको बताउँदै प्रार्थना गरिरहेको र नेपालीलाई सहयोग पु¥याउन चिकित्सा सामग्रीको व्यवस्था मिलाउँदै गरेको बताएकी थिइन् ।

सम्बन्धित समाचार : हामी साथमा छौँ -चिनियाँ राजदूत होउ

चीनका लागि कार्यवाहक राजदूत लम्सालका अनुसार सामग्री भोलि नै तिब्बतको ल्हासा पुग्ने र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै ती सामग्री नेपाल पठाइनेछ।

कार्यक्रममा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङहाइ, बेइजिङ अन्तरर्राष्ट्रिय आर्थिक तथा व्यापार विकास संघका सहमहासचिव चाङ ख्हचन, बेइजिङ काठमाण्डु अन्तरराष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ च्येनली, उक्त कम्पनीका बजार निर्देशक वाङ लिलीका साथै दूतावास कर्मचारीको उपस्थिति रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस