गौरीफन्टामा अलपत्र परेकालाई २८ घण्टापछि होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गौरीफन्टामा अलपत्र परेकालाई २८ घण्टापछि होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइयो


१२ चैत्र २०७६, बुधबार


धनगढी । गौरीफन्टा नाकामा अलपत्र परेका नेपालीलाई २८ घण्टा पछि होम क्वारेन्टाइनमा बस्ने शर्तसहित घर पठाइएको छ ।

भारतीय सीमा नाका गौरीफन्टामा अलपत्र परेका ९ सय १४ जनालाई करिब २८ घण्टापछि कैलाली प्रवेश गर्न दिइएको हो।

नेपाल सरकारले कोरोना भाइरससँग लडन लकडाउन घोषणा गरेसँगै सोमबारदेखि नै सीमामा रोकिएका १९ जिल्लाका ९ सय १४ जनालाई मंगलबार राति करिब १० बजे कैलाली प्रवेश गर्न दिइएको हो ।

अलपत्र परेका नेपालीहरुले नाकामै प्रदर्शन गरेका थिए । संघीय सरकारको निर्देशनपछि घरमै करेन्टाइनमा बस्ने शर्तसहित नेपाल प्रवेश गर्न दिइएको प्रशासनले जनाएको छ ।

उनीहरुलाई प्रदेश सरकारको समन्वयमा घरसम्म पुर्‍याउन बसको व्यवस्था गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस