२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : सप्तरीको भारतीय सीमानाका बन्द

अ+ अ-

राजविराज । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकासहित भारतसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणबाट जोगिनका लागि सबै नाका बन्द गरिएको भए पनि नाकामा अति आवश्यक समस्या र काम परेका बेला त्यसलाई विशेष स्वास्थ्य जाँच गरेर आउजाउ गर्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए ।

सप्तरीको सिमानासँग जोडिएको विहार राज्यमा भाइरस सङ्क्रमण देखिएसँगै थप सतर्कता अपनाइएको छ । भारतबाट आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थासमेत सप्तरी प्रशासनले मिलाएको जनाइएको छ ।

क्वारेन्टाइनमा राख्नका लागि राजविराजस्थित बन्द अवस्थामा रहेको साइकृष्णा अस्पतालमा ५०/६० श्यया तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतबाट आउने व्यक्तिलाई १४ दिनसम्म निगरानीमा राख्ने तथा त्यसपछि अवस्था पहिचान गरेर मात्रै घर फर्काउने वा आइसोलेसन कक्षमा पठाउने तयारीसमेत गरिएको छ । त्यस्तै आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्यया तथा छिन्नमस्ता अस्पतालमा २० श्यया, रुपनीस्थित युनिक अस्पतालमा २० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी ५६ श्यया तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भाइरसको सङ्क्रमणबाट बच्न सबैले सावधानी अपनाउनुपर्ने भएकाले अनावश्यकरूपमा हिँडडुल नगर्न तथा घरभित्रै बस्न सप्तरी प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ ।

राजविराजको अस्पतालमा आइसोलेसन कक्ष स्थापना
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोरोना भाइरसबाट जोगिन छुट्टै आइसोलेसन कक्ष स्थापना गरिएको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा छ श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए । उनका अनुसार वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा रणजितकुमार झाको नेतृत्वमा आइसोलेसन वार्ड तथा फिवर क्लिनिकसमेत सञ्चालनमा ल्याएको छ ।

स्थापना गरिएको फिवर क्लिनिकमा ज्वरो, रुघाखोकीका बिरामीको मात्र जाँच गरिने व्यवस्था गरिएको छ । अस्पतालमा तालिमप्राप्त स्वास्थ्यकर्मीद्वारा कोरोना भाइरसको शङ्कास्पद बिरामीको नमूना सङ्कलन गरी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दासले जानकारी दिए ।

गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यकर्मी पूर्णरूपमा तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले अस्पतालभित्र सेवा लिन आउने सेवाग्राहीका लागि कोरोना भाइरसबाट जोगिन साबुनपानीले हात धुने व्यवस्थासमेत गरिएको बताए।

यस्तै सप्तरीको राजविराज हनुमानगर रोडमा रहेको साइकृष्णा मेडिकल कलेजको भवनमा क्वारेन्टाइनका रूपमा प्रयोग गरिने तयारी भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. दासले बताए । अस्पतालको फिवर क्लिनिकमा आएका शङ्कास्पद बिरामीलाई साइकृष्णा मेडिकल कलेज भवनको क्वारेन्टाइनमा निगरानीमा राखेर उपचार गरिने छ । त्यस्तै राजविराजको छिन्नमस्ता अस्पताल र युनिक अस्पतालले समेत शङ्कास्पद बिरामीका लागि २० श्ययाको आइसोलेसन वार्ड राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस