काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र(ड्राइभिङ लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । यातायात व्यवस्था विभागले लाइसेन्सका लागि आवेदन नै लिन बन्द गरेको हो ।
कोरोना भाइरस(कोभिड–१९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।
नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने विभागले बताएको छ ।