भोलि सार्क राष्ट्रका नेताबिच भिडिओ कन्फरेन्स, प्रधानमन्त्री ओली सहभागी हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलि सार्क राष्ट्रका नेताबिच भिडिओ कन्फरेन्स, प्रधानमन्त्री ओली सहभागी हुने


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउनेबारे दक्षिण एसियाली मुलुकका नेताहरूले छलफल गर्ने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) का राष्ट्र÷सरकार प्रमुखबिच आइतबार साँझ नेपाली समयअनुसार पाँच बजे भिडिओ कन्फरेन्स हुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट हुने भिडिओ कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । ।

भिडिओ कन्फरेन्सका क्रममा दक्षिण एसियाली मुलुकबिच कोरोना भाइरसविरूद्ध लड्न साझा रणनीति बनाउने विषयमा सबै देश आ–आफ्ना भनाइहरू राख्नेछन् भने प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावलगायतका विषयमा कुरा गर्नेछन्।

प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रवार मात्र अस्पतालबाट निवास फर्किएका हुन्। भट्टराईका अनुसार प्रधानमन्त्री ओलीलाई उक्त भिडिओ कन्फरेन्समा सहभागी हुन चिकित्सकहरूले नै अनुमति दिएका छन्।

स्रोतका अनुसार भोलिको सबै तयार पुरा भइसकेको छ । सहभागी आठ राष्ट्रमध्ये अन्य सबै राष्ट्रबाट सहभागिताबारे यकिन भए पनि साँझसम्म पाकिस्तानबारे भने टुङ्गो लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस