अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतिलाई कोरोनाको संक्रमण « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतिलाई कोरोनाको संक्रमण


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । अस्ट्रेलियन नायक टम ह्यान्क्सको दम्पतिलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ। ह्यान्क्स दम्पतिले आफूहरुलाई कोरोनाको संक्रमण भएको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका छन् ।

अस्ट्रेलियको क्विन्सल्यान्ड निवासी ६३ वर्षका ह्यान्क्सले आफूहरूलाई सामान्य रुघाखोकीको लक्षण देखिएको र स्वास्थ्य परीक्षण गराउँदा कोरोना भाइरस संक्रमण देखिएको बताएका छन्। ह्यान्क्स एल्भिस पर्सलेको जीवनमा आधारित फिल्मको कामका लागि गोल्ड कोस्टमा थिए।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी रुघाखोकी लागेको जस्तो गरी थकित भएका थियौं। जिउ पनि दुखेको थियो, हल्का ज्वरो पनि आएको छ,’ ह्यान्क्सले इन्स्टाग्राममा लेखेका छन्, ‘के भएको भनेर परीक्षण गराइहाल्यौं। हामीमा कोरोना भाइरसको संक्रमण देखियो।’

अस्ट्रेलियामा अहिलेसम्म १ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस