प्रधानमन्त्री ओलीको होस खुल्यो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री ओलीको होस खुल्यो


२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ।

शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीको केहीबेरअघि होस खुलेको हो। उनको नयाँ मिर्गौलाले काम गर्न पनि थालिसकेको छ।

प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि शिक्षण अस्पताल रोजेका हुन्।

अस्पतालको मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस