२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा तीन हजार ७०९ छोरीको बीमा

अ+ अ-

लहान । प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सिरहाका सबै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सकिँदा ३ हजार ७०९ छोरीको बिमा गरिसकिएको छ ।

छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश २ को आठ वटै जिल्लाका स्थानीय तहमा छोरी शिक्षा बिमा शिविरहरु सञ्चालन गरेर छोरीहरुको बिमा गरिएको हो ।

सिरहाको १७ वटै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सञ्चालन गरिएको हो । सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बिमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए। यसैगरी लहान नगरपालिकामा ४७२, मिर्चैया नगरपालिकामा २२०, सखुवानन्कारकट्टी गाउँपालिकामा १०४, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बिमा गरिएको छ ।

यस्तै गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२, लक्ष्मीपुर पतारी गाउँपालिकामा २४५, भगवानपुर गाउँपालिकामा १४२, नवराजपुर गाउँपालिकामा १२२ र सुखीपुर नगरपालिकामा २११ छोरीको बिमा गरिएको छ ।

विसं २०७५ माघ १ देखि जन्मिएका छोरीको बिमा गरिएको संयोजक विश्वकर्माले बताए । विसं २०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीहरुको बिमा गर्ने उद्देश्यकासाथ शिविरमार्फत बिमा कार्यक्रमलाई अगाडि बढाइएको हो ।

छोरीहरूको बिमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एक जनाको नागरिकता र छोरी तथा अभिभावकको ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ ।

शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

विसं २०७५ माघ १ पछि जन्मेका छोरीहरुको रु एक लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पुर्‍याएको छ । शुरुमा २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएका छोरीहरु रु एक लाखको बिमा मात्रै थियो, तर यो बर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पुर्‍याइएको हो ।

छोरी शिक्षा बिमाअन्तर्गत हालसम्म प्रदेश २ मा करिब १५ हजार छोरीहरुको बिमा गरिसकिएको छ । यसअघि नै बिमा गराइसकेका छोरीहरुले पनि यो सुविधा पाउने प्रदेश २ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले बताए ।

यसका साथै यसै अभियानअन्तर्गत प्रदेश २ का अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई पनि प्रतिमहिना रु ५०० दिने योजनासमेत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसै आर्थिक वर्षदेखि यसलाई पाइलट प्रोजेक्टको रूपमा शुरु गरिनेसमेत जनाइएको छ ।

यो अभियानमा स्थानीय सरकारहरुसँग समेत सहकार्य गर्न लागेको र स्थानीय सरकारले सहयोग गरे यो रकमलाई २० वर्षमा रु २० लाख पुर्‍याउने लक्ष्य लिएएको जनाइएको छ । प्रदेश २ सरकारले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकलसमेत वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस