महिलामाथि लाठी बर्साउने इन्सपेक्टर पौडेलमाथि छानविन सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

महिलामाथि लाठी बर्साउने इन्सपेक्टर पौडेलमाथि छानविन सुरु


१६ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानविन सुरु भएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि महानगरीय प्रहरी विभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले छानविन सुरु गरेको हो ।

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्रीको घर घेर्ने टोलीमा सहभागी हेमा श्रेष्ठलाई लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ ।

घटनाबारे अनुसन्धान गर्न समिति बनाइएको एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस